कांग्रेसले तोक्यो अधिकांश क्षेत्रमा उम्मेदवार, कहाँ को ?

काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक चुनाव नलड्ने घोषणा गरेसँगै कांग्रेसले नयाँ र पुराना अनुहारलाई समेट्दै उम्मेदवार तय गरेको हो। पार्टीले देशभरका अधिकांश क्षेत्रमा नाम निश्चित गरे पनि २५ स्थानको निर्णय हुन अझै बाँकी छ।

प्रमुख नेताहरूको क्षेत्र तय सार्वजनिक सूचीअनुसार कांग्रेसले प्रभावशाली नेताहरूलाई चुनावी मैदानमा उतारेको छ। धनुषा ३ बाट विमलेन्द्र निधि, नुवाकोट १ बाट डा. प्रकाशशरण महत र नवलपरासी १ बाट विनोद चौधरी उम्मेदवार बनेका छन्। त्यस्तै, ओखलढुंगामा रामहरि खतिवडा, ललितपुर १ मा उदयशम्शेर राणा र मोरङ ३ मा सुनिल शर्माले टिकट पाएका छन्।

तनहुँ १ मा गोविन्द भट्टराई र २ मा शंकर भण्डारी चुनावी प्रतिस्पर्धामा रहनेछन्। सुनसरीबाट विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मौका पाएका छन् भने दोलखाबाट अजयबाबु सिवाकोटी र गुल्मी १ बाट चन्द्र भण्डारी मैदानमा उत्रनेछन्।

डडेलधुरासहितका केही क्षेत्र ‘होल्ड’ धेरै क्षेत्रमा नाम टुङ्गिए पनि देउवाको गृहजिल्ला डडेलधुरालाई अहिले ‘होल्ड’ मा राखिएको छ। त्यस्तै दाङ ३, सुर्खेत १ र कञ्चनपुर ३ मा पनि उम्मेदवार घोषणा गरिएको छैन। यी बाँकी क्षेत्रका बारेमा पार्टीले छिट्टै निर्णय लिने बताएको छ।

कोशी प्रदेश: दिनेश राई (धनकुटा), नरेन्द्र केरुङ (पाँचथर), गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ), सन्तोष सुब्बा (तेह्रथुम), निष्कल राई (इलाम १), भेषराज आचार्य (इलाम २), विदुर बस्नेत (उदयपुर १), रामकुमार राई (उदयपुर २), वीरकाजी राई (खोटाङ), रामहरि खतिवडा (ओखलढुंगा), प्रकाश कार्की (सोलुखुम्बु), बालकृष्ण थापा (भोजपुर)।

मधेस प्रदेश: फरमुल्लाह मन्सुर (बारा ३), मुक्ता कुमारी यादव (धनुषा १), विमलेन्द्र निधि (धनुषा ३), रामदेव साह (सप्तरी १), रामकुमार यादव (सप्तरी २), दिनेश यादव (सप्तरी ३), तेजुलाल चौधरी (सप्तरी ४), रामसुन्दर चौधरी (सिरहा १)।

बागमती प्रदेश: उदयशम्शेर राणा (ललितपुर १), सबुज बानियाँ (काठमाडौं ६), डा. प्रकाशशरण महत (नुवाकोट १), जगदिश्वरनरसिंह केसी (नुवाकोट २), मधु आचार्य (काभ्रे २), अजयबाबु सिवाकोटी (दोलखा), उज्ज्वल बराल (सिन्धुली १)।

गण्डकी प्रदेश: प्रेम खत्री (गोरखा १), प्रकाश दवाडी (गोरखा २), टेकबहादुर गुरुङ (मनाङ), योगेन्द्र गौचन (मुस्ताङ), टेकराज पौडेल (बागलुङ २), भिम शिरिष (बागलुङ १), केबी भण्डारी (म्याग्दी), अर्जुन जोशी (पर्वत), गोविन्द भट्टराई (तनहुँ १), शंकर भण्डारी (तनहुँ २), गमप्रसाद गुरुङ (लमजुङ), भरत ढकाल (स्याङ्जा १), भागवतप्रकाश मल्ल (स्याङ्जा २)।

लुम्बिनी प्रदेश: सन्दीप राना (पाल्पा १), हिमालदत्त श्रेष्ठ (पाल्पा २), डा. सुदनकुमार वली (रोल्पा), योगेन्द्र चौधरी (दाङ १), किशोर घिमिरे (दाङ २), कुसुम थापा मगर (पूर्वरुकुम), डा. गोविन्दराज पोखरेल (प्यूठान), चन्द्र भण्डारी (गुल्मी १), भुवन श्रेष्ठ (गुल्मी २), चुन्नुप्रसाद पौडेल (रुपन्देही २), सुशील गुरुङ (रुपन्देही ३), देवेन्द्र कँडेल (नवलपरासी २), विनोद चौधरी (नवलपरासी १)।

कर्णाली प्रदेश: दिक्पाल शाही (दैलेख १), बासना थापा (दैलेख २), हर्षबहादुर बम (कालिकोट), कर्णबहादुर शाही (डोल्पा), दीपबहादुर शाही (जुम्ला), जयपति रोकाय (हुम्ला), ऐनबहादुर शाही (मुगु), केशव विष्ट (सल्यान), नारायण कोइराला (सुर्खेत २)।

सुदूरपश्चिम प्रदेश: भरत स्वाँर (अछाम १), पुष्प शाह (अछाम २), जनक गिरी (बाजुरा), चतुरबहादुर चन्द (बैतडी), भरतबहादुर खड्का (डोटी), एनपी साउद (कञ्चनपुर २), गोपी उपाध्याय (कञ्चनपुर १), जनकराज चौधरी (कैलाली १), विजय स्वार (कैलाली २), भरत बडुवाल (कैलाली ३), वीरबहादुर बलायर (कैलाली ४), नरनारायण शाह (कैलाली ५), धर्मानन्द जोशी (दार्चुला), प्रकाश स्नेही (बझाङ)।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *