शेरबहादुर देउवा उम्मेदवार नबन्ने
काठमाडौँ। पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। लामो समयदेखि सक्रिय राजनीतिमा रहेका देउवाले अबको चुनावी प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेका हुन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यसबारे जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत सभापति देउवा अबको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्।
गृहजिल्ला डडेलधुराबाट निरन्तर निर्वाचन लड्दै र जित्दै आएका देउवाको यो घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनी २०४८ सालयताका सबै आमनिर्वाचनमा डडेलधुराबाटै विजयी हुँदै आएका थिए।
प्रतिक्रिया
