यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको १ सय १० जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आइतबार राप्रपाका उम्मेदवारहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको हो।

राप्रपाले सार्वजनिक गरेको सूची अनुसार विभिन्न क्लस्टरमा प्रभावशाली र नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। राप्रपाको बन्दसूचीमा खसआर्य महिला तर्फ पहिलो नम्बरमा चर्चित युवा नेतृ खुश्बु ओली रहेकी छिन्।

त्यस्तै, खसआर्य पुरुषतर्फ भरत गिरी पहिलो नम्बरमा परेका छन्। खसआर्य क्लस्टरमै अन्य चर्चित नामहरूमा स्वाती थापा र पुष्पराज पुरुष पनि अग्रस्थानमा छन्। जनजाति तर्फ तोरनबहादुर गुरुङ (पुरुष) र सरस्वती लामा (महिला) पहिलो नम्बरमा छन्। मधेशी तर्फ प्रल्हाद साह र निरुपमा यादव क्लस्टरको सुरुवातमै छन्।

थारु कोटाबाट गिरधारीप्रसाद चौधरी र दलित कोटाबाट अमर आय सूचीको प्राथमिकतामा परेका छन्। निर्वाचन आयोगका अनुसार सार्वजनिक गरिएको यो सूचीमा कुनै दाबी विरोध भएमा उम्मेदवारहरूले माघ १० गतेसम्म उजुरी दिन सक्ने प्रावधान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *