दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आयोगले मान्यता दिएको विषयमा प्रसाईंले भ्रामक र कपोलकल्पित सूचना प्रवाह गरेको ठहर गर्दै आयोगले यस्तो कदम चालेको हो।

आयोगले आइतबार प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई पत्र पठाउँदै प्रसाईंमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रसाईंले निर्वाचन आयोगका पदाधिकारीलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको भन्दै विभिन्न सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आयोगको दाबी छ।

संंवैधानिक निकायको छविमा आँच आउने गरी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै आयोगले उनलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई भनेको हो। पछिल्लो समय प्रसाईं आफ्ना विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पटक-पटक विवादमा पर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *