रास्वपा बैठक आज: उम्मेदवार चयनमा केन्द्रित हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार चयनको प्रक्रियालाई तीव्रता दिएको छ। निर्वाचनको तयारी र उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा मुख्यतया आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित रहेर छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि आगामी माघ ६ गतेको समय तोकेको छ। समय निकै कम भएकाले रास्वपाले आफ्ना सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची र छनोटका मापदण्डबारे आजै ठोस निर्णय लिने सम्भावना छ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, अन्य दलहरूसँगको सम्भावित चुनावी सहकार्य र पार्टीको चुनावी घोषणापत्रका विषयमा समेत समीक्षा हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *