एमालेद्वारा कोशीका अधिकांश क्षेत्रमा उम्मेदवार तय: ओली झापा-५ बाटै

विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। अधिकांश क्षेत्रमा उम्मेदवार तय भए पनि केही विवादित वा थप छलफल आवश्यक रहेका क्षेत्रको अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ।

एमाले स्रोतका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारहरूको नामावली यसप्रकार छ:

झापा: क्षेत्र नं १: रामचन्द्र उप्रेती क्षेत्र नं २: देवराज घिमिरे क्षेत्र नं ३: (टुङ्गो लाग्न बाँकी) क्षेत्र नं ४: मनोज ताम्ली क्षेत्र नं ५: केपी शर्मा ओली

मोरङ: क्षेत्र नं १: घनश्याम खतिवडा क्षेत्र नं २: दिलीप बगेडिया क्षेत्र नं ३: दिलीप राई क्षेत्र नं ४: जीवन घिमिरे क्षेत्र नं ५ र ६: (टुङ्गो लाग्न बाँकी)

सुनसरी: क्षेत्र नं १: सूर्य पन्धाक क्षेत्र नं २ र ३: जगदीश कुसियत (एक क्षेत्रको बाँकी) क्षेत्र नं ४: भगवती चौधरी

पहाडी तथा हिमाली जिल्लाहरू:

ताप्लेजुङ: (टुङ्गो लाग्न बाँकी)

पाँचथर: अइन्द्रसुन्दर नेम्वाङ

इलाम: क्षेत्र नं १ मा काजिमान कागते र २ मा सुहाङ नेम्वाङ

संखुवासभा: डा. अर्जुन कार्की

धनकुटा: राजेन्द्र राई

भोजपुर: शेरधन राई

तेह्रथुम: भानुभक्त ढकाल

सोलुखुम्बु: कल्पना राई

ओखलढुंगा: अस्मिता थापा

खोटाङ: देवविक्रम राई

उदयपुर: क्षेत्र नं १ मा दुर्गा थापा सोती र २ मा अमर रायमाझी

पार्टीले बाँकी रहेका क्षेत्रहरूमा चाँडै उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *