मान्छेको चोला चुहिने झोला जिन्दगी गाह्रो छ

माघको जाडो सिरेटो चिसो ठिहीको पँधेरो
घाम र छाया टाढाको माया बाटो छ अँधेरो।

मान्छेको चोला चुहिने झोला जिन्दगी गाह्रो छ
शिशिर याम मधुरो घाम अँगेनो प्यारो छ।

कठिन यात्रा विवेक शून्य उदेश्य साँचो छ।
हृदयी हाँसो मुसुक्क हाँस्ने साथीको खाँचो छ।

माटोको घर माटोको चुला फलामे ओदान
पीडा र खुशी समेटिदिने छँदैछ यो मन।

आज त मैले खीर है खाएँ केराको पातैमा
सम्झना आयो गाएको गीत जुनेली रातैमा।

-गान्तोक | सिक्किम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *