राजर्षिजनक विश्वविद्यालयद्वारा शैक्षिक तथा प्रशासनिक पदमा दरखास्त आह्वान
विराटनगर । राजर्षिजनक विश्वविद्यालयले रिक्त रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन) लगायतका विभिन्न पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई आगामी फागुन ७ गतेभित्र आवेदन पेस गर्न आग्रह गरेको हो।
सूचनामा उल्लेख भएअनुसार उम्मेदवारहरूको छनोट लिखित परीक्षा, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका माध्यमबाट गरिनेछ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भर्न सक्नेछन्।
तोकिएको समयसीमाभित्र प्राप्त नभएका वा रीत नपुगेका आवेदनहरूमाथि कुनै कारबाही नहुने समेत विश्वविद्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया
