पेट्रोलियम पदार्थको मूल्यमा कटौती

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। सोही क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको छ। यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ र डिजेल तथा मट्टीतेल १३५ रुपैयाँमा बिक्री हुनेछ।

तराईका क्षेत्रहरू अर्थात् पहिलो वर्गका लागि भने पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि इन्धनको भाउ कम गरिएको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *