नेपालटारमा दुर्घटना, मोटरसाइकलमा सवार २ जना घाइते
इलाम । ताप्लेजुङबाट झापातर्फ झर्दै गरेको बोलेरो जिप र ताप्लेजुङ जाँदै गरेको मोटरसाइकल इलामको नेपालटार नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा ताप्लेजुङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका शिक्षक कुलप्रसाद पौडेल र फुङलिङ-२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईँ घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ।
प्रतिक्रिया
