इलाममा २ लाख ३१ हजार मतदाता, नयाँ केन्द्र थप
इलाम । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८०९ मतदाता कायम भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल मतदातामा १ लाख १२ हजार १५८ महिला, १ लाख १९ हजार ६४८ पुरुष र ३ अन्य छन्। निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाभर १५० मतदान स्थल र २९० मतदान केन्द्र तय गरिएको छ।
यसपटक मतदाताको सहजताका लागि करफोक, विद्या सिर्जनात्मक, जनता, डम्बरदेवी र सिरिसे माध्यमिक विद्यालयमा गरी ५ नयाँ मतदान केन्द्र थपिएका छन्।
सूचना अधिकारी कृष्ण लिम्बूले अहिले कैदीबन्दी, सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारीसहितका अस्थायी मतदाताको नामावली अद्यावधिक गर्ने कार्य तीव्र पारिएको जानकारी दिए।
प्रतिक्रिया
