कांग्रेस कार्यकर्ताले गरे कार्यालय घेर्दै विशेष महाधिवेशन माग

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय घेराउ गरेका छन्। पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको दबाब बढाइएको हो।

कांग्रेस विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले बेवास्ता गरेको भन्दै कार्यकर्ताहरू आक्रोशित भएका हुन्। कार्यालय घेराउका क्रममा उनीहरूले नेतृत्व विरुद्ध नाराबाजी समेत गरेका थिए।

विशेष महाधिवेशन पक्षधरहरूले पुस मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ भृकुटीमण्डपमा हल समेत बुकिङ गरिसकेका छन्। यता संस्थापन पक्षले भने नियमित महाधिवेशनलाई आगामी वैशाखमा सार्ने निर्णय गरेको छ।

पार्टीभित्रको यो तीव्र आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ। विवाद समाधान र पार्टी एकताका लागि विभिन्न चरणमा छलफल जारी रहे पनि हालसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *