उदयपुरमा ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु

विराटनगर।  उदयपुरको त्रियुगा नगरपालिका-७ होक्सेमा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र २६ वर्षीया आशा सदाको ज्यान गएको छ। उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परी घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *