तराईमा हुस्सुको सास्ती, उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभावका कारण आज आइतबार तराईका अधिकांश भू-भागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहे पनि तराईमा लाग्ने निरन्तरको हुस्सु र हिमाली भेगको हिमपातले जनजीवन, सडक यातायात र हवाई उडानमा समेत आंशिक प्रभाव पर्न सक्ने देखिएको छ। चिसो बढ्ने र ‘भिजिबिलिटी’ कम हुने भएकाले यात्रा गर्दा र स्वास्थ्यको ख्याल गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *