माईखोला पुलमा भेटिएको ‘शंकास्पद वस्तु’ सेनाद्वारा डिस्पोज

विराटनगर । झापाको कन्काई नगरपालिका-४ स्थित माईखोला पुल नजिकै शनिबार बिहान फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। पूर्व-पश्चिम राजमार्गको छेउमा तार जोडिएको प्रेसर कुकर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चारआलीस्थित श्री अरिदमन गणको बम डिस्पोजल टोलीले बिहान ७:१५ बजे उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको हो। घटनास्थलमा ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा भेटिएको छ। त्यसमा राजसंस्था र हिन्दू राष्ट्रको मागसहित निर्वाचन बहिष्कारको आह्वान गरिएको छ। अहिले सो क्षेत्रको यातायात र जनजीवन पूर्ण रूपमा सामान्य भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *