नेपालमा ‘एसियाली जलपन्छी गणना’ सुरु

काठमाडौँ । नेपालमा शनिबारदेखि ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु भएको छ। जनवरी ३ देखि १८ सम्म सञ्चालने हुने यो गणना सन् १९८७ देखि निरन्तर भइरहेको सिमसार र चरा संरक्षणको महाअभियान हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् संघको संयोजनमा हुने गणनाले बसाइँसराइ गर्ने जलपन्छीको संख्या र सिमसारको अवस्थाबारे जानकारी संकलन गर्नेछ।

कोशी, बागमती, नारायणी, कर्णाली र महाकालीसहित प्रमुख सिमसार क्षेत्र र राष्ट्रिय निकुञ्जहरूमा ४०० भन्दा बढी चराविद् तथा स्वयंसेवी परिचालन भएका छन्। गणनामा क्यामेरा, दूरबीन र टेलिस्कोपको प्रयोग गरी ‘डाइरेक्ट काउन्ट’ विधि अपनाइएको छ।

गत वर्ष ७८ वटा सिमसारमा ९६ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए। यस वर्षको नतिजा आगामी फेब्रुअरी २ मा ‘विश्व सिमसार दिवस’ को अवसरमा सार्वजनिक गरिने विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *