बेलबारीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु
विराटनगर । मोरङको बेलबारी-११ लक्ष्मीमार्ग चोकमा शनिबार साँझ इभी गाडीको ठक्करबाट ५५ वर्षीय सुक बहादुर धिमालको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा बागमती प्रदेश ०१-००६ ख ७०७६ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका धिमालको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा राति ८ः०५ बजे मृत्यु भएको हो।
प्रहरीले दुर्घटनामा संलग्न गाडी र चालक सुनसरी इटहरीका २८ वर्षीय हेमन्त पुरीलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
