पूर्वी पहाडमा बिहानै भूकम्प
काठमाडौँ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ः१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका पूर्वी पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। बिहानको समयमा भूकम्प गएपछि स्थानीय बासिन्दाहरू त्रसित भएर घरबाहिर निस्किएका थिए।
भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइसकेको छैन। केन्द्रले यो कुनै ठूलो भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। नेपालको पूर्वी हिमाली क्षेत्रमा पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको देखिन्छ।
प्रतिक्रिया
