विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि २६० भन्दा बढी नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका रिक्त पदहरू पूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
प्राधिकरणका अनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुला गरिएको छ। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
नयाँ भर्नाका साथै प्राधिकरणले आन्तरिक तर्फको वृत्तिविकासमा पनि जोड दिएको छ। प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन फाराम खुलाएको जनाएको छ।

प्रतिक्रिया
