घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।

निगमका अनुसार प्रतिलिटर पेट्रोल ४ रुपैयाँ, डिजेल-मट्टीतेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ। त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *