कोठा भित्रको बन्द समाज

ढोका बन्द गरिएको
ताला लगाइएको हाम्रो समाज
अबोला अशिक्षित
अव्यवस्थित समाज
कसरी भो यो दुर्दशा…?
काँटा कोदाली
लमतन्न परेर
एउटै विचारमा
ढुंगासितै चोट खाँदै
पिरहरू सहँदै
अझैं पनि चुपचाप, अचल
ती,
फरुवा बेल्चा
हम्बर, मार्तोल
शब्दहरू छैन
अदृश्य, संकीर्ण
बाँच्ने आधारहरुमा
यसरी अघि बढ्दै
बाँचिरहेछ
हाम्रो समाज ।
किन छैन प्रतिवादहरू…?
किन छैन आवाजहरू…?
किन छैन जनचेतनाहरू…?
किनकी हाम्रो समाज
यसरी नै बाँचिरहँदो रहेछ ।
सधैंभरि अन्याय सहिबस्ने
झूटा आश्वासन मानी लिने
बानी बसेको आदत
यति भए पुग्छ ।
हाम्रो तपाईको समूहलाई
विचारहरूलाई
समाजलाई ।

-मिरिक बस्ती डुप्टिन, भारत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *