नोबेल मेडिकल कलेजको भवनबाट खसेर डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ घर भएका ३४ वर्षीय अमित यादव छन्।

आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा लगिएकोमा उपचारका क्रममा ७:२५ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।

मृतक यादव सोही कलेजमा एमबीबीएस इन्टर्नका रूपमा कार्यरत थिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले भवनबाट हामफालेको देखिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *