त्रिवि ५१औँ दीक्षान्त : यी हुन् पदक र पुरस्कार पाउने विद्यार्थी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कारबाट विभूषित हुने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार एक सूचना जारी गर्दै विभिन्न तह र विषयका परीक्षाहरूमा उत्कृष्ट (सर्वप्रथम) भई दीक्षान्त पदक र पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो।

प्रकाशित नामावलीमा कतै त्रुटि देखिएमा वा सूचीमा नाम समावेश नभएका तर आफू पदकका लागि योग्य भएको दाबी गर्ने विद्यार्थीहरूका लागि त्रिविले दाबी विरोधको समय समेत दिएको छ। इच्छुक विद्यार्थीले आगामी पुस ४ गतेभित्र आवश्यक प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी आफ्नो दाबी दर्ता गराउन सक्नेछन्।

तोकिएको समयसीमाभित्र कुनै दाबी विरोध नआएमा हाल प्रकाशित नामावलीलाई नै अन्तिम मानिदै पदक तथा पुरस्कारका लागि सिफारिस गरिने कार्यालयले स्पष्ट पारेको छ। दीक्षान्त समारोह आगामी पुस १० गते आयोजना हुने तय भएको छ। सोही समारोहमा राष्ट्रपति वा विशिष्ट अतिथिबाट पदक प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *