आजदेखि पेट्रोल लिटरमा २ रुपैयाँ बढ्यो
काठमाडौँ। नेपाल आयल निगमले आज मंगलबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको हो।
डिजेल र मट्टीतेलको मूल्य भने लिटरमा चार रुपैयाँले घटाइएको छ।
निगमले जारी गरेको विज्ञप्तिमा पुस १ गते बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले बढाइएको उल्लेख छ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
प्रतिक्रिया
