कांग्रेस नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

विराटनगर। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका विराटनगर निवासी उपाध्यायको शनिबार साँझ काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले उपाध्यायको निधनको पुष्टि गरेका छन्। उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए।

२०५६ सालमा शिक्षामन्त्री भएका उनी पटकपटक कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरेर सांसदको भूमिका निर्वाह गरेका थिए। उपाध्यायको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *