लुम्बिनीको ‘रोहित-शो’! सुदूरपश्चिमलाई ८५ रनमै रोकेर उपाधि कब्जा
काठमाडौँ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको एनपीएलको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ।
यो खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमको टोली १९.१ ओभरमा जम्मा ८५ रनमै अलआउट भयो। यो एनपीएल इतिहासमै पहिले ब्याटिङ गर्ने टोलीले बनाएको सबैभन्दा कम स्कोर हो।
जवाफी ब्याटिङमा आएको लुम्बिनीका दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेर खेललाई एकतर्फी बनाइदिए।
नतिजास्वरूप लुम्बिनीले ९ ओभरमै लक्ष्य पूरा गर्दै पहिलो पटक विजेता बन्ने सौभाग्य पायो।
उता सुदूरपश्चिम भने लगातार दोस्रो वर्ष फाइनलमा पराजित हुन पुग्यो। लुम्बिनीले यो उपाधि यात्रामा लगातार ६ खेल जितेर सुदूरपश्चिमकै पुरानो कीर्तिमान बराबरी समेत गरेको छ।
प्रतिक्रिया
