जेनजी आन्दोलन : ८४ अर्बको क्षति

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण देशले ठूलो आर्थिक क्षति व्यहोरेको तथ्याङ्क सार्वजनिक भएको छ। राजनीतिक असन्तुष्टि र आक्रोशका कारण भएको यो आन्दोलनका क्रममा विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक संरचनामा क्षति पुगेको थियो, जसको विस्तृत विवरण राष्ट्रिय योजना आयोगले तयार पारेको हो।

आयोगका सचिव रविलाल पन्थले बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको विवरण अनुसार, सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको देखिएको छ।

सरकारी र सार्वजनिक क्षेत्रतर्फ मात्रै ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबर क्षति भएको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर क्षति भएको सरकारको अध्ययनले देखाएको छ। बाँकी क्षति सामुदायिक क्षेत्रमा भएको योजना आयोगको अध्ययनमा छ।

सरकारले आयोगको संयोजकत्वमा एक समिति बनाएर यस क्षतिबारे विस्तृत अध्ययन गरी पुनर्निर्माण योजनामा काम गरिरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *