एनपीएल इलिमिनेटर : काठमाण्डू र लुम्बिनीबीच आज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज बुधबार इलिमिनेटर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यस महत्त्वपूर्ण खेलमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स एकअर्काविरुद्ध मैदान उत्रिँदै छन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने समीकरण बनेको हो।

लिग चरणको खेललाई फर्केर हेर्दा, काठमाण्डू बलियो स्थितिमा देखिएको छ। लिग चरणको भेटमा काठमाण्डूले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। आज मैदान उत्रिँदा लुम्बिनी लायन्स सो हारको बदला लिँदै क्वालिफायर २ मा स्थान बनाउने लक्ष्यमा हुनेछ।

दुवै टोलीले पहिलो संस्करणको तुलनामा यसपटक उत्कृष्ट पुनरागमन गरेका छन्। पहिलो संस्करणमा काठमाण्डू पाँचौँ स्थानमा र लुम्बिनी पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका थिए। तर, यसपटक काठमाण्डू ७ खेलबाट १० अंक जोड्दै तेस्रो र लुम्बिनी समान खेलबाट ८ अंकसहित चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *