विराटनगरले टस जित्यो, सुदूरपश्चिम ब्याटिङमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेलमा आज विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगरले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। शंकर रानाको स्थानमा आज नारायण जोशी पहिलो रोजाइमा खेल्दैछन्।

सुदूरपश्चिमले भने अघिल्लो खेलबाट पाँच परिवर्तन गरेको छ। पुनित मेहरा, ध्रुव पराशर, जोश ब्राउन, हिक्मत महरा र दीपक बोहरा बाहिरिएका छन् भने टोलीमा शेल्डन ज्याक्सन, मुख्तार अहमद, स्कट कुग्लेइन, हेमन्त धामी र मिलन बोहरा आएका छन्।

आजको खेल जित्ने टोली सिधै एनपीएलको फाइनलमा प्रवेश गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *