एनपीएल रोमाञ्चक मोडमा : विराटनगर-सुदूरपश्चिम, चितवन-पोखरा

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शनिबार प्लेअफ समीकरणलाई असर पार्ने दुई महत्त्वपूर्ण खेल हुँदैछन्। आजको खेलमा विराटनगर किङ्ग्सको प्रदर्शनले पहिलो क्वालिफायरमा पुग्ने टिमको टुङ्गो लगाउनेछ।

आजको पहिलो खेल बिहान ११ः१५ बजे सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्ग्स टीयू क्रिकेट मैदानमा भिड्दै छन्। दोस्रो खेल दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ।

दूरपश्चिम रोयल्स अपराजित छ र ६ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। उसलाई आजको खेलले खासै दबाब दिने छैन।

८ अङ्क सहित प्लेअफमा सुरक्षित भइसकेको विराटनगर किङ्ग्सलाई पहिलो क्वालिफायर खेल्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ।

जित निकालेमा राम्रो रनरेटका साथ जितेमा विराटनगरले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ। विराटनगर पराजित भए वा खराब रनरेट रहन गएमा उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ। फलस्वरूप, सुदूरपश्चिम र काठमाडौँ गोर्खाजबीच पहिलो क्वालिफायर हुनेछ।

दिउँसो हुने चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेलमा कुनै पनि प्लेअफको समीकरण जोडिएको छैन। यी दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका छन्। दुवै टिमले ६-६ खेलबाट ४-४ अङ्क मात्रै जोडेकाले यो खेल सिजनको अन्त्य प्रतिष्ठाका साथ गर्नका लागि मात्रै हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *