महिला टी-२० विश्वकप क्वालिफायर : यस्तो छ नेपाली टोली

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेट टोली को नाम सार्वजनिक गरेको हो।

घोषित प्रारम्भिक टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ, जसपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको घोषणा हुनेछ।

क्यानले घोषणा गरेको २६ सदस्यीय टोली : ब्याटिङ र अलराउन्डरहरू: इन्दु बर्मा, सिता राना मगर, रुबिना क्षेत्री, कविता कुँवर, पूजा महतो, कविता जोशी, रुबी पोदार, रिया शर्मा, सम्झना खड्का, सोमु विष्ट, रचना चौधरी, रोमा थापा, बिन्दु रावल, अनु कडायत र ममता चौधरी।

अन्य खेलाडीहरू: राजमती ऐरी, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, सोनी पाख्रिन, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, काजोल श्रेष्ठ, किरण कुँवर र अस्मिना कर्माचार्य।

नेपालमा आयोजना हुन लागेको यो ग्लोबल क्वालिफायर प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म चल्नेछ। ग्लोबल क्वालिफायरमा कूल १० देश सहभागी हुनेछन्। सहभागीमध्ये शीर्ष चार देशहरू सन् २०२६ को जुनमा इङल्याण्डमा हुने महिला टी-२० विश्वकपका लागि छनोट हुनेछन्।

नेपाल रहेको समूह, ग्लोबल क्वालिफायरमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा नेपालसहित: बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी

समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन्। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्य लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *