एनपीएल आज : प्लेअफको दौडमा पोखरा र चितवन
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई महत्वपूर्ण खेलहरू हुँदै छन्। प्लेअफको समीकरण स्पष्ट पार्नका लागि आजको खेल निकै निर्णायक मानिएको छ।
पहिलो खेल, बिहान ११ः४५ बजे
पोखरा एभेन्जर्स – काठमाण्डु गुर्खाज
५ खेलबाट मात्र ४ अंक जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ।
काठमाण्डु गुर्खाजले भने ६ खेलबाट ८ अंक जोडेको छ। काठमाण्डु गुर्खाज आजको खेल जितेर शीर्ष स्थानतर्फ अघि बढ्न चाहन्छ।
दोस्रो खेल, अपराह्न ४ः०० बजे
सुदूरपश्चिम रोयल्स – चितवन राइनोज
दोस्रो खेलमा प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनोज आमनेसामने हुनेछन्।
१० अंकका साथ लिगको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले आफ्नो लय कायम राख्न चाहन्छ।
५ खेलबाट ४ अंक जोडेको चितवनलाई पनि प्लेअफका लागि आफ्नो स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने बाध्यता छ।
आजको खेलमा पोखरा र चितवन दुवै टिमले प्लेअफको आशा कायम राख्नका लागि उच्च प्रदर्शन गर्नुपर्नेछ।
