प्लेअफ दौड : विराटनगर-लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ। यो खेल लुम्बिनीका लागि प्लेअफको यात्रा तय गर्ने सन्दर्भमा ‘गर वा मर’ को स्थितिमा छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले हालसम्म लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलबाट आठ अंक जोड्न सफल भएको छ। अंक तालिकामा बलियो स्थितिमा रहेको विराटनगर आफ्नो विजय यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

यता, रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनी लायन्सको प्रदर्शन भने सन्तोषजनक छैन। लिगमा पाँच खेल खेल्दा टोलीले दुई खेलमा मात्र जित हात पारेको छ। प्लेअफको सम्भावना कायम राख्नका लागि लुम्बिनीलाई आजको खेलमा विराटनगरलाई हराउँदै महत्त्वपूर्ण अंक बटुल्नै पर्ने कडा दबाब छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *