एनपीएलमा आज : प्लेअफको दौडमा कर्णाली र काठमाडौँ

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। यो महत्त्वपूर्ण खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सका लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ। कर्णालीले अहिलेसम्म खेलेका चार खेलमध्ये एउटामा मात्र जित हात पार्दै २ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा कायम रहन कर्णालीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।

यता, करण केसीको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ। प्लेअफको यात्रा बलियो बनाउनका लागि काठमाडौँलाई पनि आजको खेल अत्यन्तै महत्त्वपूर्ण रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *