इलाममा ट्रकको ठक्करले २ जना शिक्षकको मृत्यु

इलाम । ट्रकले ठक्कर दिंदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मेची राजमार्गको इलाम–९, गोलाखर्कमा शनिबार दिउँसो ट्रकले स्कुटीलाई ठक्कर दिएको थियो ।

ठक्करले त्यसमा सवार इलाम नगरपालिका–९ का २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भई इलाम सदरमुकाम बस्दै आएका १८ वर्षीय छेवाङ शेर्पा गम्भीर घाइते भएका थिए।

झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रकले इलामबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीका अनुसार दुवैलाई तत्काल जिल्ला अस्पताल पुर्याइएको थियो। चिकित्सकले केही बेरमै उनीहरुको मृत्यु भइसकेको जानकारी दिएका थिए।

उनीहरु दुवै जना इलाम सदरमुकामस्थित ग्रीन भ्याली स्कुलका शिक्षक रहेको स्थानीयले बताएका छन्। प्रहरीले भने यसको पुष्टि हुन बाँकी रहेको जनाएको छ।

ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याँटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *