इलाममा ट्रकको ठक्करले दुई जना सिकिस्त

इलाम । ट्रकले ठक्कर दिंदा स्कुटरमा सवार दुई गम्भीर घाइते भएका छन् ।

मेची राजमार्गको गोलाखर्क खण्डमा शनिबार दिउँसो ट्रकले स्कुटीलाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीयले स्कुटरमा दुई जना सवार रहेको र ठक्करले दुवै निकै सिकिस्त घाइते भएको जनाएका छन्। घटनामा कतिपयले हताहती भएको अनुमान पनि गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलतर्फ टोली पठाएर बुझ्ने काम भइरहेको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *