विराटनगरको विहे भोजमा एक युवकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगर महानगरपालिका- १२ मा एक विहे भोजको क्रममा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेर भागेका आरोपितलाई मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ ।

निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर-८ का ३७ वर्षीय नवीन राई माथि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारपछि फरार रहेका विराटनगर-८ कै राजिव वैद्यलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार घाइते राईको अवस्था खतरामुक्त छ । पक्राउ परेका वैद्यमाथि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *