इटहरी प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने ५ जना पक्राउ

सुनसरी । ‘जेनजी’ प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा उत्तेजित भिडले प्रहरी कार्यालयको भवन तथा सवारी साधनहरूमा तोडफोड र आगजनी गरेको थियो । सोही क्रममा कार्यालयमा लुटपाट मच्चाउनुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहार भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीको टोलीले फोटो, भिडियो तथा अन्य प्रमाणहरूको विश्लेषण गरी संलग्न व्यक्तिहरूको पहिचान गरेको हो । पक्राउ पर्नेहरूमा सबै इटहरी उप–महानगरपालिकाका बासिन्दा छन्-

-विजय लिम्बू (२९ वर्ष), इटहरी–३

-मदन खत्री (४७ वर्ष), इटहरी–४ (साविक भोजपुर)

-दिपेन्द्र कुमार कार्की (४४ वर्ष), इटहरी–५

-आभाष कार्की (२४ वर्ष), इटहरी–८

-सोनम कार्की (२४ वर्ष), इटहरी–४

पक्राउ परेकाहरूलाई बुधबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनीहरूमाथि ‘आपराधिक उपद्रव’ गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाउन ४ दिनको म्याद थप गरेको छ । हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *