टी-२० विश्वकप : नेपालले मुम्बईमा इंग्ल्यान्डविरुद्ध खेल्दै उद्घाटन गर्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने २०२६ को टी–२० विश्वकपको समूह चरणको खेल तालिका सार्वजनिक गरेको छ।
यस पटक समूह ‘सी’ मा रहेको नेपालले समूह चरणका सम्पूर्ण खेलहरू भारतको मुम्बईमा खेल्ने पक्का भएको छ। नेपालले आफ्नो विश्वकप यात्राको सुरुवात शक्तिशाली टोली इंग्ल्यान्डविरुद्ध फेब्रुअरी ८ मा खेल्दै गर्नेछ। यो खेल नेपालका लागि विश्वकपको उद्घाटन खेल हुनेछ।
नेपालको समूह चरणको खेल तालिका
नेपालले टी–२० विश्वकपमा समूह ‘सी’ अन्तर्गत चार खेल खेल्नेछ:
फेब्रुअरी ८: इंग्ल्यान्डविरुद्ध (नेपालको पहिलो खेल)
फेब्रुअरी १२: इटालीसँग
फेब्रुअरी १५: वेस्टइन्डिजसँग
फेब्रुअरी १७: बंगलादेशसँग (समूह चरणको अन्तिम खेल)
२० टोली चार समूहमा विभाजित
२० टोली सहभागी हुने यस विश्वकपलाई चार समूहमा विभाजन गरिएको छ।
समूह ‘A’: भारत, पाकिस्तान, अमेरिका, नामिबिया, नेदरल्यान्ड
समूह ‘B’: अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बाब्वे
समूह ‘C’: नेपाल, इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश, इटाली
समूह ‘D’: अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युएई
२९ दिनसम्म चल्ने प्रतियोगितामा कुल ५५ खेलको आयोजना हुँदै छ। प्रतियोगिता भारत र श्रीलंकाका ७ शहरका ८ स्टेडियममा हुनेछ। यस विश्वकपको उद्घाटन खेल फेब्रुअरी ७ मा भारत र अमेरिकाबीच हुनेछ।
