‘बर्थडे गिफ्ट’
“भाउजू! यो सारी एकदमै सुन्दर छ।” बन्दनाले भनी।
“तिमीलाई मन पर्छ, नानी?” स्नेहा भाउजूले सोधिन्।
“हो, सारी धेरै राम्रो छ। मन पर्छ भने लिइहाल्नु भाउजू। जन्मदिनमा तपाईंलाई एकदम सुहाउँछ।” बन्दनाले प्रोत्साहन गरिन्।
प्राइस ट्याग देखेर निराश हुँदै स्नेहाले भनिन्, “होइन, म त्यति महँगो लिन सक्दिनँ।”
साँझमा अचानक स्नेहाको छोरा शिवमले उनलाई फोन गरेर भन्यो: “आमा, फुपूले तपाईंको लागि बर्थडेको सरप्राइज उपहार पठाउनुभएको छ।”
सरप्राइज उपहार पाएपछि स्नेहा खुसी भइन् र प्याकिङ खोल्न थालिन्।
भित्रबाट त्यही सपिङ मलमा हेरेको सारी बाहिर निस्कियो।
स्नेहाको आँखा खुसीले भरियो र बन्दनालाई फोन गरिन्। बन्दनाले सोधिन्, “भाउजू, गिफ्ट पाउनुभयो?”
मुस्कुराउँदै स्नेहाले भनिन्, “हो, बुझेँ। र, आज एउटा भाउजूले नन्दको रूपमा प्यारी बहिनी पनि पाएकी रहेछु।”
प्रतिक्रिया
