ताप्लेजुङमा मोटरसाइकलबाट सल्किएको आगोले ४ घर जल्यो

ताप्लेजुङ। मिक्वाखोला गाउँपालिका–४, साँवा तेम्बामा अचानक मोटरसाइकलमा लागेको आगोले वरपरका ४ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

स्थानीयका अनुसार रोकी राखेको मोटरसाइकलबाट सुरु भएको आगो द्रुत गतिमा नजिकैका घरहरूमा फैलिएको थियो। आगलागीका कारण ती ४ घरमा बसोबास गर्दै आएका ५ परिवार विस्थापित भएका छन्।

जलेका चारवटै घरमा होटल व्यवसाय र विभिन्न पसलहरू सञ्चालनमा रहेका थिए। यस घटनाले स्थानीय व्यवसायमा समेत ठूलो क्षति पुगेको छ।

स्थानीय गजेन्द्र थलङले दिएको जानकारीअनुसार रोकेर राखेको अवस्थामा मोटरसाइकलमा आगलागी सुरु भएको थियो।

प्रहरीले क्षतिको यकिन विवरण संकलन गरिरहेको जनाएको छ। आगलागीबाट विस्थापित भएका परिवारलाई सहयोग र पुनर्स्थापनाका लागि पहल सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *