प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सरकारले राजदूत फिर्ता बोलाउने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशको पालना नभएको भन्दै अधिवक्ता प्रेम सिलवालले आज सोमबार अवहेलना मुद्दा दायर गरेका हुन्।

सरकारले गएको असोज ३० गते चीन, जर्मनी, इजराइल, मलेशिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापान गरी ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, त्यसको भोलिपल्टै प्रधानमन्त्री कार्कीको निर्देशनमा फिर्ता बोलाइएका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर गराउने गरी प्रक्रिया अगाडि बढाएपछि अदालतको आदेशको अवहेलना भएको भन्दै अधिवक्ता सिलवालले यो रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले अवहेलना मुद्दाको सुनुवाइका लागि मङ्सिर ७ गतेको पेशी तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *