मेयरको घर तोडफोड गर्ने इलाम र गुल्मीका युवती पक्राउ
काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा इलाम र गुल्मीका दुई जना युवती पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल छन्। राई इलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१०, गैरीगाउँमा बस्दै आएकी प्रहरीको भनाइ छ।
यसैगरी, कुमाल गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन् । दुवैलाई बूढानीलकण्ठ–१०, गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
