कांग्रेस : पुस १६-१९ मा महाधिवेशन गर्ने प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।
अधिवेशनलाई मङ्सिरमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी थापाले दिए।
पार्टी नेतृत्व र कार्यकर्ताबीचको एकता बलियो बनाउन महाधिवेशनलाई केन्द्रमा राख्दै काम अघि बढ्नुपर्ने उनको भनाइ छ।
पार्टी एक हुने पूर्ण विश्वासका साथ पार्टीलाई साझा निर्णयमा पुर्याने दाबी गदैृ थापाले सबै मिलेर पुसमा अधिवेशन गर्ने तयारी गर्नुपर्नेमा जोड दिए।
पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका उनले पेस गरेका हुन्।
पार्टीको विधान संशोधनमा युवाको सहभागिता, समावेशी प्रतिनिधित्व गराउने प्रस्तावबारे पनि छलफल भइरहेको थापाको भनाइ छ।
