पूर्वी नेपालमा बिहानै भूकम्पको धक्का

विराटनगर। पूर्वी नेपालमा आज मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

४‍।३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पका कारण कतै केही क्षति भए, नभएको जानकारी आइनसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *