झापामा रात्रिबस दुर्घटना : १९ जना घाइते

झापा। झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोक नजिकै आज मंगलबार बिहान एक रात्रिबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग हुँदै मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१-०१-००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पसेर पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइते भएका १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ। बाँकी छ जना यात्रु सकुशल छन् र उनीहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ र सबैको उपचार भइरहेको छ। दुर्घटनाग्रस्त बस सडकबाट तल रहेकाले यातायात सञ्चालनमा कुनै अवरोध आएको छैन।

दुर्घटनामा बस चालक झापाका राजु भुजेलसहित झापा, रामेछाप र दोलखाका १८ अन्य यात्रु घाइते भएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बस अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरु-

१. राजु भुजेल (वर्ष ३९), चालक, मेचीनगर न.पा.-६, झापा। टाउकोमा चोट, अवस्था मध्यम।
२. अम्बरबहादुर बुढाथोकी (वर्ष ६५), मन्थली न.पा.-१०, रामेछाप। घाँटी र ढाडमा चोट, अवस्था मध्यम।
३. इक्षा लिम्बू (वर्ष १७), झापा गा.पा.-३, झापा। निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम।
४. भीमप्रसाद पुरी (वर्ष ३५), मन्थली न.पा.-९, रामेछाप। बायाँ करङमा चोट, अवस्था मध्यम।
.५ रविलाल गनेस (वर्ष २०), कचनकवल गा.पा.-४, झापा। टाउकोमा चोट, अवस्था मध्यम।
६. मिटु खत्री (वर्ष ६५), खाँडादेवी गा.पा.-३, रामेछाप। ढाडमा चोट, अवस्था मध्यम।
७. परिना गनेस (वर्ष २१), कचनकवल गा.पा.-४, झापा। टाउको र ढाडमा चोट, अवस्था मध्यम।
८. सिमित्रा खड्का कार्की (वर्ष ३६), बिर्तामोड न.पा.-१०, झापा। हात र खुट्टामा चोट, अवस्था सामान्य।
९. एलोन कार्की (वर्ष ९), सिमित्रा खड्का कार्कीका छोरा। टाउको र छातीमा चोट, अवस्था मध्यम।
१०. प्रदीपबहादुर बस्नेत (वर्ष ३०), बैनेश्वर न.पा.-३, दोलखा। टाउकोमा चोट, अवस्था मध्यम।
११. अनु श्रेष्ठ (वर्ष ८), देउराली, रामेछाप। टाउकोमा सामान्य चोट, अवस्था सामान्य।
१२. कुमार बस्याल (वर्ष २८), तामाकोशी गा.पा.-३, दोलखा। छातीमा चोट, अवस्था सामान्य।
१३. भेमा राजवंशी (वर्ष २७), कचनकवल गा.पा.-६, झापा। छाती र कुममा चोट, अवस्था मध्यम।
१४. रामकुमार श्रेष्ठ (वर्ष ३५), बिर्तामोड न.पा.-५, झापा। छाती, तिघ्रामा चोट, अवस्था सामान्य।
१५. रिदम श्रेष्ठ (वर्ष ९), रामकुमार श्रेष्ठका छोरा। हात र खुट्टामा चोट, अवस्था सामान्य।
१६. पूर्णबहादुर नेपाली (वर्ष २३), बिर्तामोड न.पा.-५, झापा। टाउको र कुममा चोट, अवस्था सामान्य।
१७. शीतल नेपाली (वर्ष १८), बिर्तामोड न.पा.-५, झापा। बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य।
१८. अभिषेक राजवंशी (वर्ष २१), बाह्रदशी गा.पा.-५, झापा। नाकमा चोट, अवस्था सामान्य।
१९. श्यामलाल किस्कु (वर्ष १८), झापा गा.पा.-२, झापा। टाउकोमा चोट, अवस्था सामान्य।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *