निर्वाचनबारे दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका बारे विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेकी छन् । बालुवाटारस्थित निवासमा जारी बैठकमा उनले निर्वाचनका विषयमा छलफल गरिरहेकी हुन्।

फागुन २१ गतेका लागि तोकिएका निर्वाचनबारे छलफल गर्न सरकारले दलहरूलाई बोलाएको थियो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

बैठकमा ११ दलका प्रतिनिधिहरू सहभागी छन्। नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन्।

यसैगरी, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन्। एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन्।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् ।

बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकको रुपमा सहभागी भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *