झापामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर
झापा । झापाको अर्जुनधारा नगरपालिका-११ चाम्लिङ डाँडामा बिहीबार राति सुतिरहेको अवस्थामा सर्पले टोकेर एक बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राई रहेका छन्।
प्रहरीका अनुसार अनिशलाई ओछ्यानमै विषालु सर्पले डसेपछि तत्काल उपचारका लागि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा राति करिब २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया
