‘पार्टी पुनर्गठन र रूपान्तरण गर्न म बाहिर बस्न तयार छु’

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले पार्टी बचाउनका लागि बरु आफूलाई जिम्मेवारीबाट बाहिर राख्न तयार रहेको समेत जिकिर गरिन् ।

लामाले भनिन्, ‘एमाले बनाऔं । पुनर्गठन र रुपान्तरण हुनुपर्छ । म बाहिर बस्न तयार छु, तर पार्टी बचाउनुपर्छ । लोकतन्त्र बचाउनुपर्छ।’

उनले पार्टी नेतृत्वको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै जेनजी आन्दोलनको सन्दर्भमा पार्टी चुकेको औँल्याइन् ।

‘हामीले आफ्नो अध्यक्ष, आफ्नो प्रधानमन्त्रीलाई सीमित घेरामा राखेका छौं । सही सूचना, निष्कर्ष, विश्लेषण गर्ने क्रममा हाम्रो कमजोरी रह्यो भन्ने कुरा जेनजीको आन्दोलनमा प्रमाणित भएको छ,’ उनले भनिन् ।

लामाले एमालेको शक्ति देशमा स्थापित भइसकेको बताउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पार्टी सदस्यता दिएर उचित जिम्मेवारी दिनुपर्ने माग राखिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *