झापाको सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका-९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको पुष्टि गरेको छ ।

मृत्यु हुनेहरूमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा र नौ वर्षीया स्वीकृति रहेका छन् । त्यसैगरी, निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको पनि सोही क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू माछा मार्न खोलामा गएका बेला डुबेर दुर्भाग्यवश मृत्यु भएको हो । प्रहरी टोली तत्काल घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *